In Memory of the Fallen: Honoring Nepal’s Youth and Their Fight for Justice

We are heartbroken by the loss of 20 young lives during the recent Gen Z-led protests in Nepal, a powerful stand against injustice, censorship, and corruption. These youth carried the hopes of a generation, and their voices, silenced too soon, will continue to inspire.

We extend our deepest condolences to the grieving families and honor the courage of those who marched for a better future. Their memory calls us to remain vigilant and united.

A candlelight vigil is being organized to mourn the fallen and express our solidarity. Details will be shared soon; please stay connected and join us in this moment of collective remembrance.

हामी हालै नेपालमा Gen Z द्वारा आयोजित प्रदर्शनको क्रममा २० जना युवाहरूको दुःखद निधनबाट अत्यन्त मर्माहत भएका छौं। अन्याय, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध, र भ्रष्टाचारविरुद्धको यो आन्दोलन साहसिक र ऐतिहासिक थियो। ती युवाहरूले एक पुस्ताको आशा बोकेका थिए । समयभन्दा पहिले मौन गराइएका तिनका आवाजहरू अझै प्रेरणा दिइरहनेछन्।

शोकमा डुबेका परिवारप्रति हामी गहिरो समवेदना प्रकट गर्दछौं। उज्जवल भविष्यको खोजीमा अघि बढेका ती साहसी कदमहरूलाई हामी सम्मान गर्छौं। तिनको सम्झनाले हामीलाई सतर्क र एकताबद्ध रहन प्रेरित गर्छ।

शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न र ऐक्यबद्धता प्रकट गर्न दीप प्रज्वलन कार्यक्रमको तयारी भइरहेको छ। स्थान, मिति, र समयबारे चाँडै जानकारी गराइनेछ। कृपया सम्पर्कमा रहनुहोस् र यस दूःखद सामूहिक सम्झनाको क्षणमा हामीसँग जोडिनुहोस्।

ZenZ Protest in Nepal

Picture: Onlinekhabar.com

This entry was posted in and tagged . Bookmark the .